तान्द्राङ बस दुर्घटनामा पाँच घाइते
स्थानिय समाचार
पौष १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

गोरखाकाे भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा आज बिहान बस दुर्घटना हँुदा पाँचजना गम्भीर घाइते भएका छन् । काठमाडाँैबाट आरुघाटको सोती तर्फ जाँदै गरेको ग १ ख ९४४६ नं को बस सिमलाफेद नजिकै बिहान करिब ४ः ३० बजे दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो ।
 
 बस सडकबाट करिब २० मिटर तल खसेको उहाँको भनाइ छ ।
दुर्घटनामा परी धार्चे गाउँपालिका ६ का वर्ष ५० का सुरमान घले, भीमसेन थापा गाउँपालिका–३ का २९ वर्षका उत्तम पुडासैनी, वर्ष ३० का मनोज पुडासैनी, वर्ष २९ का उज्ज्वल पुडासैनी र धार्चे गाउँपालिका केरौजाकी ३२ वर्षीया कान्छी गुरुङ गम्भीर घाइते भएका छन् ।
 
  घाइते सबैको टाउको र छातीमा चोट लागेको प्रहरीको भनाइ छ । बसमा ३५ जना यात्रु सवार थिए । गम्भीर घाइतेमध्ये तीन जनालाई उपचारका लागि काठमाडाँै पठाइको छ भने दुई जनालाई गोरखा अस्पताल ल्याइएको छ । बसका चालक सामान्य घाइते भएको र चालकलाई अहिले इलाका प्रहरी कार्यालय आरुघाटले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.