पोखराको न्यूरोडबाट एक युवा लागुऔषध सहित पक्राउ
स्थानिय समाचार
पौष १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     पोखराको न्युरोडबाट एक व्यक्ति लागुऔषध सहित पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले गएको सोमबार दिउँसो अन्दाजी ४ बजेको समयमा तनहुँ जिल्ला ब्यास नगरपालिका -८ घर भई हाल पोखरा -८ न्यूरोड बस्दै आएका ३० वर्षीय अशोक वाचे मगरलाई पक्राउ गरेको हो ।

     मगरले कोठामा लुकाई राखेको डाईजापाम १०० एम्पुल, फेनेरागन १०० एम्पुल, ब्रुफिन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागुऔषध र मोवाईल १ थान प्रहरीले वरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि लागुऔषध कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी  आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

 

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.