राष्ट्रपतिले पहिले लगाएर इन्डोनेसियामा कोरोनाको खोप लगाउन शुरु
राष्ट्रिय
पौष २, २०७७ | रासस

इन्डोनेसियामा बुधबार कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ। सबैभन्दा पहिलो खोप राष्ट्रपति जोको विडोडोले लगाएर देशका नागरिकलाई खोप लगाउने कार्यको शुरुआत गरिएको हो ।आफूले खोप लगाएपछि राष्ट्रपति विडोडोले खोपको आवश्यकता पर्ने आफ्नो देशका सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सरकारले शुरुमा स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकहरूलाई खोप लगाइने र त्यसपछि जोखिमको मात्राका आधारमा प्राथमिकता निर्धारण गरेर सबैलाई लगाइने जनाएको छ । आफूले खोप लगाउन पाएकोमा खुशी लागेको उहाँले उल्लेख गर्नुभएको छ । त्यही खुशी सबै नागरिकलाई प्राप्त हुने दाबी पनि उहाँले गर्नुभएको छ ।

“कुनै नागरिकले कोरोनाविरुद्धको खोप निःशुल्क लगाउन नपाउने कुनै कारण छैन, यसमा सबै ढुक्क हुनु होला, तपाईहरू सबैले निःशुल्क खोप लगाउन पाउनु हुनेछ,” उहाँले भन्नु भएको छ । इन्डोनेसियाले विभिन्न विदेशी औषधि उत्पादक कम्पनीहरूसँग ३५ करोड खोप किन्नका लागि सम्झौता गरिसकेको पनि अधिकारीहरूले जनाएका छन् ।

 

 

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.