काठमाडौँमा जोरबिजोर प्रणाली अन्त्य
राष्ट्रिय
पौष ३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य भएको छ । जिल्ला सुरक्षा समिति, जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन समिति, यातायात व्यवसायी र सरोकारवाला निकायका प्रतिनिधिबीच बिहीबार बसेको बैठकले आजदेखि लागू हुनेगरी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली अन्त्य गरिएको हो ।

     विभिन्न व्यावसायिक प्रतिष्ठान, उद्योग, कलकारखानाबाट जोर बिजोर प्रणालीमा सवारी सञ्चालन हुँदा आर्थिक गतिविधिमा असर पुगेको भन्ने गुनासो आएको र सार्वजनिक सवारी कम हुँदा यात्रुको चाप बढ्न गई भीडभाड हुँदा झन जोखिम बढेकाले यात्रुको सुविधालाई मध्यनजर गरी उक्त निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

     कोभिड–१९ को प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि मानिसको भीडभाड कम गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार काठमाडौँ उपत्यकामा गत असोज १ गतेदेखि जारी गरिएको निशेधाज्ञाबमोजिम उपत्यकामा जोर बिजोर प्रणाली लागू गरिएको थियो । सङ्क्रमण समयावधिभर यातायात सञ्चालन निर्देशिका २०७७ पालनामा भने कडाई गरिने भएको छ । मापदण्ड पालना नगरी सवारीसाधन सञ्चालन गरेमा अनुगमन गरी सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने प्रजिअ पराजुलीले बताएका छन् । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले भौतिक दूरी कायम गर्न, स्वास्थ्य मापदण्ड पालना गर्न, मास्क लगाएर हिँडडुल गर्न, राम्ररी साबुनपानीले हात धुन र स्यानिटाइजर प्रयोग गर्न सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।

 

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.