पार्किङ्ग शुल्क विरुद्ध नागरिक समाज
स्थानिय समाचार
पौष ३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     पोखरा महानगरपालिकाले आम नागरिकलाई असर पर्ने गरी लगाईएको पार्किङ्ग शुल्क ठेक्का विरुद्ध ध्यानकर्षण गराइएको छ । सार्वजर्निक सडक, पेटी किनारामा रहेको खाली ठाउँलाई पार्किङ्ग स्थलको रुपमा शुल्क उठाउँदा आमनागरिकलाई गंभिर असर परेको नागरिक समाज कास्कीले जनाएको छ । 

     समाजका तर्फबाट संयोजक इन्द्र कमल मानन्धर सहितको टोली महानगर पुगी प्रमुख मान बहादुर जि.सी.लाई ध्यानकर्षण पत्र मार्फत सुन्दर नगरी पोखरालाई व्यवस्थित पार्किङ्ग र उचीत स्थानमा शुल्क पार्किङ्ग एरिया राख्न समेत माग गरिएको छ ।

     जथाभावी रुपमा शुल्क उठाउँदा नागरिक अधिकार माथिनै प्रश्न उठेको र महानगरको सेवामा असर परेकोले सोमा सचेत हुन आग्रह गरिएको छ । सो पत्र बुझ्दै महानगरका प्रमुख मान बहादुर जि.सी.ले पोखरालाई व्यवस्थित गर्न निजी सवारी साधन प्रयोगकर्ताले साधनको व्यवस्थापनमा ध्यान दिन नसक्दा ट्राफिक व्यवस्थापनमा समस्या परेकोले नागरिक समाजले सहयोग गर्नुपर्ने बताए । सोही अवसरमा नागरिक समाजका पूर्व संयोजक विष्णु हरि अधिकारी, प्रवक्ता गोकुल कार्की, सल्लाकार शसि तुलाचन लगायतले पार्किङ्ग र शुल्क व्यवस्थित रुपमा गरिनुपर्ने बताए ।

 

 

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.