थापाको सहयोगमा लायन्स समृद्धिको महर्षि गुरकुललाई सहयोग
स्थानिय समाचार
पौष १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

लायन्स क्लव अफ पोखरा समृद्धिका पूर्व अध्यक्ष तथा जोन चियर पर्सन राधिका थापाको सहयोगमा महर्षि गुरुकुल वेद विद्याश्रम पोखरा–३ मा रहेका विद्यार्थीहरुका लागि सिरक डसना सहयोग गर्नुभएको छ ।

सहयोग हस्ताण्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिकका पदाधिकारी रामकुमार बस्यालले जोन चियर पर्सन थापाले आफू अध्यक्ष हुदा पनि यस्ता कार्यक्रम गर्न पहल गर्ने र धेरै संस्थालाई सहयोग गरेकोमा प्रशंसा गर्दै क्लव मार्फत धार्मिक सामाजिक संस्थालाई आवश्यकता अनुसारको सामान र दिनैपर्ने संस्थामा दिनका लागि पहलकदमी लिनुपर्ने बताउनुभयो ।

जहाँ सामानको खाँचो छ, त्यहाँ सहयोग जरुरी रहेको भन्दै सबै संस्थाले उक्त भावनालाई अङ्गिकार गरेर सामाजिक कार्यमा अगाडि बढ्नुपर्ने र लायन्समार्फत गरिएको यस्तो सहयोग महत्वपूर्ण रहेको रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापाले बताउनुभयो ।

लायन्स क्लष्टर प्रमुख डम्बर कुमारी गुरुङ्गले लायन्स क्लब अफैमा सहयोगी र सामाजिक संस्था भएकाले वैदिक संस्थामा आएर यस्ता कार्य गर्न सबै लायनहरु लाग्नुपर्ने बताउनुभयो ।

सो अवसरमा महर्षि गुरुकुल वेद विद्याश्रमका अध्यक्ष रामचन्द्र पौडेलले लायन्स क्लव र थापाको सहयोगमा भएको सिरक–डसनाले विद्यार्थीहरुलाई जाडोको समयमा राहत हुने भन्दै गुरुकुलमा कक्षा ६ देखि १० सम्म अध्ययन–अध्यापन भइरहेको र नेपालका विभिन्न जिल्लाका विद्यार्थीहरु आवासीय रुपमा रहेर निःशुल्क पढिरहेको जानकारी गराउनुभयो ।

कार्यक्रम संयोजक तथा सहयोगी राधिका थापाले संस्थाको आवश्यकतालाई थोरै भएपनि राहत होस भन्ने हेतुले आफूले सहयोगको हात बढाएकोमा आफूलाई क्लव र परिवारको तर्फबाट सहयोग भएको बताउँदै सहयोग सामाग्री सदुपयोग हुनेमा आशा व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष रेविका श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव शान्ति श्रेष्ठले गर्नुभएको थियो । सो अवसरमा संस्थाका सचिव शान्ति श्रेष्ठ र सदस्य इन्दिरा गौतमले गुरुकुलका लागि आर्थिक सहयोग समेत गर्नुभएको थियो ।  

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.