एकताबद्ध भएर अघि बढ्न आह्वान : नेता रावल
राष्ट्रिय
पौष १३, २०७७ | रासस

नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) स्थायी समिति सदस्य भीम रावलले देशलाई राजनीतिक स्थायित्वतर्फ लैजानका लागि सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्नुभएको छ । आज धनगढीमा आयोजित कार्यकर्ता भेलामा उहाँले लोकतन्त्रका हिमायती प्रत्येक देशभक्त नेपाली तथा नेकपाका सम्पूर्ण नेता र कार्यकर्तालाई पार्टी विभाजनको विरुद्धमा सशक्तरुपमा लाग्नुपर्ने बताउनुभयो ।

नेता रावलले देशको वर्तमान र भोलिको भविष्य सुरक्षित गर्न, स्वतन्त्र परराष्ट्र नीतिको सुरक्षा तथा नेपालको संविधानको रक्षार्थ एकताबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो । “नेपाल कम्युनिष्ट पार्टीको इतिहासमा धेरै उकाली, ओरालीको सामना गरेका छौँ”, उहाँले भन्नुभयो, “हामीले अब आउने दिनमा कानूनी र राजनीतिक दृष्टिकोणबाट सशक्तरुपमा पार्टी र कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने काममा लाग्नेछाँै ।”

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.