शुभकामना महिला विकास केन्द्र पोखराको अध्यक्षमा सुमिता श्रेष्ठ निर्विरोध चयन भएकी छिन् । सो समितिको निर्देशकमा पूर्व अध्यक्ष राधिका थापा, उपाध्यक्ष ज्ञानु श्रेष्ठ, सचिव इन्द्र श्रेष्ठ, सह–सचिव प्रमिला जोशि, कोषाध्यक्षमा लक्ष्मी गुरुङ्ग तथा सदस्यहरुमा बुद्दीसुब्बा गुरुङ्ग, सावित्रि श्रेष्ठ, पुष्पा श्रेष्ठ, सञ्जु पराजुली रहेका छन् ।
२०६१ मा स्थानीय महिलाहरुद्धारा महिला क्षमता विकास, शिक्षा, स्वास्थ्य सहित सामाजिक कार्यहरुका लागि स्थापना गरिएको संस्थापक अध्यक्ष तथा निर्वाचन संयोजक तिर्थ श्रेष्ठले बताउनुभयो । कार्यक्रममा सल्लाहकार एवं रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापाले महिलाहरुको क्षमता अभिवृद्धि मूलक कार्यमा जोड दिनुपर्ने बताए । केन्द्रका अध्यक्ष शिला गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रममा लायन्स जोन चियर पर्सन तथा पूर्व अध्यक्ष राधिका थापा, पूर्व अध्यक्ष मिथिला मल्ल, दुर्गादेवी लामिछाने, भवानी माकाजु, सिद्धार्थ क्लवका अध्यक्ष पार्वती माकाजु लगायतका वक्ताहरुले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।