फिर्के अतिक्रमणमा नागरिक समाजको ध्यानाकर्षण
स्थानिय समाचार
पौष १९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

नागरिक समाज कास्कीले फिर्के अतिक्रमण प्रति पोखरा महानगरपालिका, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  ध्यानाकर्षण गराएको छ । पोखरा–५ फिर्केखोलाको मध्यविन्दुबाट रिटेनिङ्ग पर्खाल लगाई स्थानीय ज्ञान बहादुर कोइरालाले २ रोपनी जग्गा अतिक्रमण गरेकोमा ध्यानाकर्षण सहित सम्बन्धित पक्षलाई कारबाहीको माग गरिएको संयोजक इन्द्र कमल मानन्धरले बताइन् । 

समाजले सो पर्खाल भत्काउन पटक–पटक माग गर्दा स्थानीय प्रशासनले अटेर गरेकोले पुनः ध्यानाकर्षण गराउन बाध्य भएको संस्थापक संयोजक राम बहादुर पौडेलले बताए । सो ध्यानाकर्षण बुझ्दै पोखरा महानगरपालिका वार्ड नं. ५ का अध्यक्ष एवं प्रवक्ता धन बहादुर नेपालले स्थानीय विकास तथा सार्वजनिक जग्गा संरक्षणमा महानगर सचेत रहेको र आवश्यकता अनुसार कारबाही गरिने बताए ।
सो अतिक्रमण जग्गामा लगाईएको पर्खाल भत्काउन गत वर्ष स्थलगत रुपमा निरिक्षण गराईएकोमा हालसम्म अटेर गरी कोईरालाले लगाएका हुन् । 

 

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.