रेडियो सराङ्कोट १०४.६ मेघाहर्जका समाचार प्रमुख कमल पौडेल अथक शुक्रवार पोखरामा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाको १५ औं वार्षिक साधारण सभाको अवसरमा शाखाद्धारा संञ्चालित तुलसी टंकादेबी स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट अथक पुरस्कृत भएका हुन् ।
अथकलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पुरस्कारका संस्थापक सुवर्ण कोइराला, र नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेलले संयुक्त रुपमा नगद सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
सो पुरस्कारको राशी रु २० हजार १ सय ११, सम्मान पत्र र दोसल्ला रहेको छ । पोखरामा रहेर विगत दुइ दशक देखि निरन्तर पत्रकारिता गरे बापत उनलाई सो पुरस्कार प्रदान गरिएको पुरस्कार छनौट समितिका संयोजक एवं पोखराका पुराना पत्रकार कुशुमकेशव पराजुलीले जानकारी दिए । पत्रकार अथक सहित अन्य ८ जना पत्रकारहरुले पनि पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।