कैलालीको चुरे गाउँपालिका वडा नं १ देखि ३ का पहिरो पीडितको लागि नागरिक समाज कास्कीद्धारा आर्थिक सहयोग प्रदान गरिएको छ । जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैन वहादुर अधिकारी क्षेत्री मार्फत सो रकम सहयोग प्रदान गरिएको हो । नागरिक समाज कास्की संयोजक इन्द्रकला मानन्धरले २६ हजार ५ सय ६० को चेक अध्यक्ष क्षेत्रीलाई हस्तान्तरण गरेकी हुन् । नागरिक समाज मार्फत समाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले सो सहयोग रकम हस्तान्तरण गरिएको मानन्धरले जानकारी दिएकी छन् । अध्यक्ष क्षेत्रीले प्राप्त रकमलाई चाँडै संवन्धित क्षेत्रमा पुर्याउने जानकारी दिएका छन् ।