पोखरा,
ग्यारजाती लामिछाने थापा क्षत्रीको प्रथम अधिवेशन तथा ज्येष्ठ सदस्य सम्मान गरेको छ ।
गर्ग गोत्रीय लामिछाने थापा क्षत्रीको उद्गम स्थलको रुपमा स्थापित सराङ्गकोट ग्यारजातीबाट नेपालका विभिन्न क्षेत्रहरुमा थापाहरुको उल्लेखीय संख्या रहेको छ । पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापा, जनकेशरी धर्मराज थापा, लोकबहादुर थापा समेत ग्यारजातीकै गौरवको रुपमा रहेका छन् ।
सोही कार्यक्रममा पूर्व वडाअध्यक्ष समूहकै ज्येष्ठ संरक्षक यम बहादुर थापालाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा सल्लाहकार क्षत्री समाजका केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर थापाले ग्यारजातीको पहिचान कायम गर्दै नयाँपुस्ताबिच सम्बन्ध विस्तारमा समितिले महत्वपूर्ण योगदान रहने बताए । स्थानीय टोल संस्थाका अध्यक्ष एवं सल्लाहकार भरत बहादुर थापाले समिति मार्फत हुने रचनात्मक कार्यमा सबै थापाहरु एक हुनुपर्ने बताए ।
भेलाले समाजसेवी रामचन्द्र थापाको अध्यक्षतामा गठित समिति र ग्यारजाती लामिछाने थापा क्षत्री प्रतिष्ठानलाई अनुमोदन गरेको छ ।
समिति मार्फत २०७७ चैत्र भित्र विवरण संकलन, आर्थिक व्यवस्थापन सहित रचनात्मक कार्यक्रम गर्ने निर्णय भएको अध्यक्ष थापाले बताए । प्रतिष्ठानका अध्यक्ष रामचन्द्र थापाको सभापतित्वमा भएको कार्यक्रममा सम्मानित व्यक्ति यम बहादुर थापा, शेर बहादुर थापा, झुमा देवी प्रतिष्ठानका मोहन थापा, सचिव सुरेश थापा, कोषाध्यक्ष अजय थापा, मेनुका थापा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।