पश्चिमी वायु नेपाल भित्रिँदै, बिहीबारदेखि ३ दिन वर्षा र हिमपात
राष्ट्रिय
माघ २०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

नेपालमा पानी पार्ने पश्चिमी वायुको प्रणाली भित्रिन लागेकाले विहीवारदेखि देशभर वर्षा हुने संभावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले अहिलेसम्मको मौसमी अवस्था हेर्दा विहीवारदेखि पानी पर्ने जनाएको छ। 

महाशाखाले यसबारे विषेश बुलेटिन निकालेर जानकारी गराउने तयारी गरेको मौसमविद् शान्ति कंडेलले जानकारी दिइन्। भोलि बेलुकादेखि भित्रिन सुरु गर्ने पश्चिमी वायुको असर पश्चिम क्षेत्रबाटै सुरु भई विहीवारदेखिदेशभर वर्षा र हिमपात हुने कँडेलले बताइन्। 

यसैबिच अहिले तराईका अधिकांस स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। धेरैजसो पहाडी भु–भागमा आशिंकदेखि सामान्य बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युन चापिय रेखाको सामान्य प्रभाव रहेको छ। दिउँसो प्रदेश नम्बर एक, गण्डकी प्रदेश र सुदुर पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको संभावना रहेको मौसमविद् कँडेलले जानकारी दिइन्। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान २ दशमलव ७ डिग्री सेल्सियस मापन भएको छ। 

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.