नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त भएका छन्। मन्त्रिपरिषदको सोमवार बसेको बैठकले शाक्यलाई प्राधिकरणको नेतृत्व जिम्मा दिएको हो। यसअघिका प्रबन्धक निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि शाक्यलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको थियो।
ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको थियो । त्यसपछि उनलाई कायममुकायमको जिम्मेवारी दिइएको थियो । शाक्यको प्रबन्ध निर्देशककाे कार्यकाल चार वर्षको हुनेछ।