निर्वाचनको तयारीबारे छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। निर्वाचनको तयारी बारेमा आयोगसँग छलफल गर्नका लागि प्रधानमन्त्री ओली आएको निर्वाचन कार्यालयको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। छलफलका लागि प्रधानमन्त्री ओलीसहित महासचिव विष्णु पौडेल, संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरु पुगेका छन्।
यस्तै, ओलीले पार्टीको विवादका बिषयमा पनि आयोग समक्ष कुरा गर्ने बताइएको छ। हिजो बसेको मन्त्रिपरिषदको बैठकले आगामी वैशाख १७ गते ४० जिल्ला र २७ गते १७ जिल्लामा चुनाव गराउने निर्णय गरेको छ। त्यसैकोबारेमा छलफल गर्न प्रधानमन्त्री ओली आयोग पुगेका हुन्।