विश्व हिन्दू महासंघ कास्कीको साधारणसभा सम्पन्न
स्थानिय समाचार
फाल्गुन १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

पोखरा–१, फाल्गुन 
धार्मिक, सामाजिक, चारित्रीक एवं शैक्षिक उत्थान अभियानमा सक्रिय विश्वहिन्दू महासंघ कास्कीको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । 
सभाको उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका महासंघका केन्द्रीय अध्यक्ष रामचन्द्र अधिकारीले केही लोभीपापी पार्टीका नेताहरुका कारण देश धार्मिक द्वन्द उन्मुख भएको बताए । धर्म बिना शान्ती नहुने र यसको स्थायित्वका लागि सबै जातीय समाजहरु सहितको निर्णायक आन्दोलन गरी हिन्दू राज्य कायम गराउनुपर्ने बताए । कार्यक्रममा ब्राह्मण समाजका केन्द्रीय अध्यक्ष डा. नारायण अधिकारीले नेपालको शिक्षा नीति धार्मिक सांस्कृतिक हुन नसक्दा देशमा अराजक स्थिती आएको बताए । 
क्षेत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर थापाले जातीय सद्भावका लागि सबै जातजातीको साझा एकता सहित राष्ट्रिय अखण्डता एवं हिन्दू राज्य कायम गराउन महासंघ लाग्नुपर्ने बताए । 
महासंघका नवनियुक्त केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खरालले राष्ट्रिय जनगणनामा सबै सचेत भई राष्ट्रिय स्वाभिमान बचाउन आम नेपाली एक हुनुपर्ने बताए । सो कार्यक्रममा तमुधि नेपालका वरिष्ठ उपाध्यक्ष नारायण गुरुङ्गले बुद्ध र हिन्दू एकै आस्थाको प्रतिक रहदै आएकोमा सोलाई राजनीतिकरण गरीएकोले हिन्दूराज्य फालिनु स्वार्थपूर्ण रहेको बताए । 
विश्वहिन्दू महासंघ कास्की अध्यक्ष पार्वता पौडेलको सभापतित्वमा भएको कार्यक्रममा जागौँ राष्ट्रिय अभियानका शिव बस्ताकोटी, मानव धर्म सेवा समितिका पिताम्बरा वाइवा, उपाध्यक्ष भिम बहादुर बराल, डिल्लिराम बाँस्तोला, दशनामी समाजका केन्द्रीय सदस्य शारदा गिरी, महासचिव कमल प्रसाद पौडेल, कोषाध्यक्ष सविता घिमिरे लगायतले आ–आफ्ना धारणा राखेका थिए । 
कार्यक्रममा जिल्लाका पूर्व अध्यक्ष शंकर खराल वरिष्ठ उपाध्यक्ष चयन हुनुभएकोमा, कवयित्रि चन्द्रावती वाग्ले, अमर पुन, सपन ागिरी सांस्कृति संयोज कउषा माता लगायत सहयोगीहरुलाई सम्मान गरेको छ । साधारण सभाले हिन्दूराज्य विरुद्ध हुने गतिविधि राष्ट्रिय सम्मानका विरुद्ध हुने अराजनीतिक गतिविधिका विरुद्ध चरणबद्ध अन्दोलन गर्ने निर्णय गरेको छ ।

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.