प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल
राष्ट्रिय
साउन १४, २०७८ | रेडियो सराङ्गकोट रिपोटर

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । 

यस्तै बुधबार मात्र मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बसेको थियो । कांग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई÷दुईजना मन्त्री राखेर मन्त्रीमण्डल गठन गर्नुभएको थियो । यस्तै प्रधानमन्त्री देउवाले गत आइतबार एक राज्यमन्त्री थप गर्नुभएको थियो । 

प्रधानमन्त्री देउवाले साउन ३ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएपछि सबै दललाई मिलाएर अगाडि बढ्ने बताउँदै  आउनुभएको छ ।

कोभिड–१९ बाट हालसम्म स्याङ्जाका १२१ को
आश्वीन २, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल
आश्वीन १, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
बिरामीका आफन्तको आक्रमणबाट स्वास्थ्यकर्मी घाइते, आवश्यक
भाद्र ३१, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.