यमनमा २५ हुथी विद्रोही र २० सैनिकको मृत्यु
अन्तर्राष्ट्रिय
आश्वीन १, २०७८ | रासस

यमनको आदेन क्षेत्रमा गएको २४ घन्टा यता भएका भिडन्तहरुमा परी कम्तीमा पनि २५ जना हुथी विद्रोही र २० जना यमनी सैनिकको ज्यान गएको छ । यमनको मध्य क्षेत्रीय प्रान्त अल बायदामा सो भिडन्त भएको थियो । उक्त क्षेत्रमा यहाँको सैनिकले हुथीहरुका विरुद्धमा कारबाही चलाएको थियो । 

यमनमा कतिपय नगरहरु हुथी विद्रोहीहरुले कब्जा गर्दै आएपछि सो मध्यक्षेत्रमा पनि उनीहरुले प्रभाव बढाउन थालेका छन् । यही सूचनाको आधारमा यहाँको सेनाले सो क्षेत्रमा कारबाही अघि बढाएको थियो । त्यसक्रममा भएका भिडन्तमा परेर ती सैनिक विद्रोही मारिएका हुन् ।
 
उता विद्रोहीहरुले पनि सेनामाथि आक्रमण गरेका थिए । त्यसक्रममा कम्तीमा पनि २० जना यमनी सैनिक मारिएका बताइएको छ । सो क्षेत्रमा केही समय यतादेखि विद्रोहीहरुले आफ्ना क्रियाकलापहरु बढाएका र सरकारका सुरक्षा निकायहरुले पनि निगरानी राखिरहेको बताइएको छ ।   

स्याङ्जाको गल्याङ नगर अस्पतालमा दन्त उपचार
कार्तिक ८, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
कार्तिक ४, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका
आश्वीन २०, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.