आज सुनको मूल्य स्थिर, चाँदीमा २० रुपैयाँ घट्यो
अर्थवाणिज्य
आश्वीन ३, २०७८ | रेडियो सराङ्गकोट रिपोटर

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत शुक्रबार भएको कारोबारको आधारमा आजको मूल्य स्थिर रहेको छ । 
 
आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार १०० तोकिएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला रु ८९ हजार १०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ६५० कायम गरिएको छ । शुक्रबार तेजाबी सुन रु ८८ हजार ६५० मा कारोबार भएको थियो । 
 
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १५० कायम गरिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १७०  थियो । महासङ्घले कोरोना महामारीको प्रभाव कम भई अर्थतन्त्र चलायमान भएको भन्दै नेपाल राष्ट्र बैंकसँग दैनिक ४० किलो सुन उपलब्ध गराइदिन माग गरेको छ । गत वर्ष कोरोनाका कारणले भएको बन्दाबन्दीमा सुन कारोबार ठप्प थियो । अहिले कोरोनाको प्रभाव कम हुँदा अर्थतन्त्र चलायमान हुँदै गएको र चाडबाड नजिकिँदा सुनचाँदीको माग अझ बढ्ने सुनचाँदी व्यवसायी बताउँछन् । 

स्याङ्जाको गल्याङ नगर अस्पतालमा दन्त उपचार
कार्तिक ८, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
कार्तिक ४, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका
आश्वीन २०, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.