आमा र छोराको शव घर नजिकैको पोखरीमा फेला
स्थानिय समाचार
आश्वीन ४, २०७८ | रेडियो सराङ्गकोट रिपोटर

धनुषाको धनुषाधाम नगरपालिका-२ धर्मपुर टोलका २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुशकुमारको शव घर नजिकैको पोखरीमा फेला परेको छ।
सोमबार बिहान स्थानीयले पोखरीमा आमा-छोराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय धनुषाधामको टोली घटनास्थल पुगेर शव निकाल्ने काम गरिरहेको प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए।

स्थानीयका अनुसार राति पति पत्नीबीच झगडा भएको थियो। सोही आवेगमा अर्चनाले छोरालाई लिएर पोखरीमा हाम फालेर आत्महत्या गरेको अनुमान स्थानीयले गरेका छन्। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

स्याङ्जाको गल्याङ नगर अस्पतालमा दन्त उपचार
कार्तिक ८, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
कार्तिक ४, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका
आश्वीन २०, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.