दुई विधेयक स्वीकृत,प्रतिनिधिसभाको अर्को बैठक यही असोज ७ गते
राष्ट्रिय
आश्वीन ४, २०७८ | रेडियो सराङ्गकोट रिपोटर

प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले स्वीकृत गरेको हो । 
 
आर्थिक विधेयकमाथिको दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही असोज ७ गतेका लागि छलफलको मिति तोक्नुभएको छ ।   बैठकमा प्रस्तुत विधेयक उपरको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिनुभएको थियो । उहाँले राजस्वमा आधारित अर्थतन्त्रलाई उत्पादनमूलक अर्थतन्त्रमा परिमार्जन गर्दै लगिने सरकारको नीतिअनुरुप बजेटमा सामान्य हेरफेर गरिएको जानकारी दिनुभयो । 
 
अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रलाई मजबुद तुल्याउन कृषि, उद्योग प्रवद्र्धनका विषयलाई विधेयकले सम्बोधन गरेको बताउनुभयो । यसअघि विनियोजन विधेयकलाई पारित गर्नुपूर्व सांसद प्रेम सुवालले राख्नुभएको खर्च कटौतीको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज ७ गते अपराह्न २ः०० बजे बस्नेछ ।

स्याङ्जाको गल्याङ नगर अस्पतालमा दन्त उपचार
कार्तिक ८, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
कार्तिक ४, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका
आश्वीन २०, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.