पोखरामा एउटै रूखमा एक महिला कुकुरसहित झुन्डिएको अवस्थामा फेला
स्थानिय समाचार
आश्वीन ४, २०७८ | रेडियो सराङ्गकोट रिपोटर

पोखरा वडा नं . २१ फुस्रेखोलाको किनारमा पाख्रीको रुखमा कुकुरसहित झुन्डिएको अवस्थामा गुल्मी चन्द्रकोट गाउँपालिका १ शान्तिपुर घर भई  पोखरा १७ बेलघारीमा बस्दै आएकी ५५ वर्षीया कोपिला राना मृत अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ ।

आइतबार राति ९ बजेसम्म पनि घर नआएकोमा आफन्त तथा परिवारजनले खोजतलास गर्ने क्रममा नभेटीएकि रानालाइ सोमबार बिहान  १० बजेको समयमा महिला र कुकुर झुण्डिएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो  ।

बेलघारी स्थित छोरीको घरमा बस्दै आएकी रानाले घरमा पालेको सेतो रङको बेलौते कुकुरलाइ नाइलनको डोरीले झुण्डाएर सोही डोरीमा आफू झुण्डीएको देखिएको प्रहरीको भनाइ छ  ।

बैदामबाट डिएसपी चिनिमाया तामाङ नेतृत्वको ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएका थिए । रानाले के कारणले आत्महत्या गरिन् भन्ने खुलेको छैन । उनले २ वटा बाख्रा समेत पालेको र उक्त ठाउँमा बाख्रा चराउन गइरहने पनि खुलेको छ।

स्याङ्जाको गल्याङ नगर अस्पतालमा दन्त उपचार
कार्तिक ८, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
कार्तिक ४, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका
आश्वीन २०, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.