प्रेमीसँग मिलेर आफ्नैेै पतिको हत्या ,उपचारको बहानामा ऋण लिएर हत्याको
आजको विशेस
आश्वीन ५, २०७८ | रेडियो सराङ्गकोट रिपोटर

भारतको विहार जयनगरस्थित वरही गाउँको नहरमा भदौ १८ मा एक नेपालीको शव भेटियो । घाँटी काटेर हत्या गरेको अवस्थामा भारतीय प्रहरीले सिराहा गोलबजार घर भएका ३९ वर्षीय व्यक्तिको शव फेला पारेको थियो ।

नहरमा मृत फेला परेका व्यक्तिको गोजीमा सानो डायरी थियो  । डायरीमा नोट गरिएको फोन नम्बरका आधारमा मृतक नेपाली भएको पहिचान खुल्यो । उनी सिराहाको गोलबजार नगरपालिका–४ निपनिया कुटी टोल निवासी दुखरन महरा थिए  ।

 भारतीय प्रहरीको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिराहाले हत्याबारे अनुसन्धान थाल्यो । उनको पोष्टमार्टम भने भारतमै गरियो । घटनाको अनुसन्धान हुँदै जाँदा भारतीय प्रेमीसँग मिलेर आफ्नै पत्नीले दुखरनको हत्या गराएको प्रहरीको ठहर छ ।

उपचारको बहानामा ऋण लिएर हत्या

करिब दुई वर्षअघि पाठेघरको शल्यक्रियाका लागि पतिसँगै जयनगर पुगेकी आरोपी महराको स्थानीय अस्पतालका एम्बुलेन्सचालक मुकेश यादवसँग चिनजानपछि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ ।  पतिले यातना दिएपछि उनले भारतीय प्रेमी मुकेशसँग सहयोग मागिन् । ४०–५० हजार रुपैयाँ दिने गरी उनीहरूले हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । 

हत्याको योजनापछि उनले पतिसँगको सल्लाहमा घरखर्च चलाउने भन्दै १७ भदौमा गोलबजारस्थित छिमेक लघुवित्तबाट ६० हजार रुपैयाँ ऋण लिइन् । ऋण झिकेलगत्तै आफूलाई सञ्चो नभएको भन्दै उनले जचाउने बहानामा पतिलाई जिल्ला सदरमुकाम हुँदै सीमावर्ती माडर लगेकी थिइन् ।

हरिहरदेवीले माडर पुगेको र कबोल गरेको रकम पतिको खल्तीमै रहेको जानकारी प्रेमी मुकेशलाई दिइसकेकी थिइन्। त्यही साँझ करिब ६ बजेतिर जयनगरस्थित रेल्वे स्टेसनमा मुकेश पनि आएपछि तीनजनाले सँगै चिया पिएका थिए । त्यहाँबाट मुकेशले खाजा खान भनी मोटरसाइकलमा राखेर लगेपछि नाम नखुलेका अन्य दुईजनाको सहयोगमा दुखरनको हत्या गरेको प्रहरीले जनाएको छ ।

सिराहा प्रहरीका अनुसार ‘मृतकको खल्तीमा रहेको डायरीमा लेखिएको टेलिफोन नम्बरको आधारमा भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेपछि मृतकको पहिचान खुलेको थियो ।

स्याङ्जाको गल्याङ नगर अस्पतालमा दन्त उपचार
कार्तिक ८, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
कार्तिक ४, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका
आश्वीन २०, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.