पत्रकार कुँवर र भागवत भाष्कर गौतमलाई सृजना समाजसेवा पुरस्कार प्रदान
स्थानिय समाचार
आश्वीन २२, २०७८ | रेडियो सराङ्गकोट रिपोटर

पोखरा । पोखरास्थित सृजना विकास केन्द्रले पत्रकार श्यामनाथ कुँवर र भागवत भाष्कर कमल नयन गौतमलाई पुरस्कृत गर्ने भएको छ । 

सामाजिक क्षेत्रमा कलम चलाउने पत्रकार र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वलाई केन्द्रले सम्मान गर्ने उद्देश्य अनुसार कुँवर र गौतमलाई सम्मान गर्न लागिएको संस्थाका अध्यक्ष ईन्द्र पौडेलले जानकारी दिए । 
संस्थाका प्रथम उपाध्यक्ष कृष्णबहादुर थापा संयोजक रहेको प्रतिभा छनोट समितिले कुँवर र गौतमलाई पुरस्कृत गर्न सिफारिस गरेको र संस्थाको बोर्ड बैठकले सो सिफारिसलाई अनुमोदन गरेको हो । 
दुवै पुरस्कारका राशि २५ हजार ५५५ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला रहेको छ । संस्थाको यहि २५ गते हुने ४४ औं वार्षिकोत्सव तथा ४१ औं साधारणसभाका अवसरमा पत्रकार कुँवर र भागवत भाष्कर गौतमलाई सम्मान गरिने अध्यक्ष पौडेलले बताए ।
पत्रकार कुँवर विगत तीन दशकदेखि पोखरामा रहेर पत्रकारिता गर्दै आएका छन् भने भागवत भाष्कार गौतम साढे दुई दशकदेखि सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् ।
कुँवर पोखरास्थित समाधान दैनिकमा कार्यरत छन् भने गौतम राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष हुन् ।
प्रतिभा छनोट समितिमा संस्थाका द्धित्तीय उपाध्यक्ष कमला गिरी, सदस्य अशोक श्रेष्ठ, नागरिक समाज कास्की, नेपाल पत्रकार महासंघ कास्की सदस्य र संस्थाका अध्यक्ष र महासचिव पदेन सदस्य रहेका थिए ।

भारतमा कोरोना सङ्क्रमतिको सङ्ख्या तीन करोड
मंसिर १६, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार
मंसिर १५, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
अठार वर्ष उमेरमाथिकालाई कोरोनाविरुद्धको खोप लगाइने
मंसिर ६, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
मंसिर ६, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.