नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले बढ्यो
अर्थवाणिज्य
आश्वीन २२, २०७८ | रेडियो सराङ्गकोट रिपोटर

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले बढेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन बिहीबार प्रतितोला रु ९० हजार ४०० मा कारोबार भएको थियो । 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार १५०मा कारोबार भएको छ  जुन बिहीबार प्रतितोला रु ८९ हजार ९५० मा कारोबार भएको थियो ।
 
आज चाँदीको मूल्य स्थिर छ  । चाँदी बिहीबार प्रतितोला रु एक हजार १७० मा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भएको छ  । महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

भारतमा कोरोना सङ्क्रमतिको सङ्ख्या तीन करोड
मंसिर १६, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार
मंसिर १५, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
अठार वर्ष उमेरमाथिकालाई कोरोनाविरुद्धको खोप लगाइने
मंसिर ६, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
मंसिर ६, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.