सराङ्गकोट सहकारीद्वारा स्वागत तथा शुभकामना,
स्थानिय समाचार
आश्वीन २४, २०७८ | रेडियो सराङ्गकोट रिपोटर

पोखरा, २४
सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका निर्वाचित सञ्चालक समिति लेखा समिति तथा विभिन्न उपसमितिलाई स्वागत तथा विजयादशमी २०७८ को शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ । 
संस्थाको १६ आँै वार्षिक साधारण सभा एवं छैटौँ अधिवेशनबाट कृष्ण बहादुर थापाको अध्यक्षतामा वसन्त बहादुर बानिया उपाध्यक्ष, कुल प्रसाद सुवेदी सचिव, राममणि पौडेल कोषाध्यक्ष, माया शर्मा सहसचिव, सदस्यहरु क्रमश रमेशकुमार थापा, शम्सेर बहादुर थापा, बुद्ध गुभाजु, विकल पौडेल, आरती श्रेष्ठ, तारा थापा, लेखा संयोजकमा शिव बहादुर बानिया, मनहरी भण्डारी, रहेको समिति चयन गरेको थियो । सञ्चालक समितिबाट ऋण संयोजकमा रमेश कुमार थापा, महिला समिति संयोजक माया शर्मा, शिक्षामा जयराम पौडेल, बहुउद्देश्यीय कार्ययोजना संयोजक अर्जुन बहादुर बस्नेत, कृषि योजना संयोजकमा वसन्त बहादुर बानिया चयन भएका छन् । 
नवनिर्वाचित समितिलाई सहकारी मन्त्रालयका पूर्व रजिष्टार, नेपाल सरकारका सह सचिव बद्रीनाथ अधिकारी, सल्लाहकार कमलनयन गौतम, पूर्व अध्यक्ष प्रेमबहादुर जि.सि. लगायतले कार्यकालको सफलताको कामना गर्दै शुभकामना एवं बधाई दिनुभएको थियो । 
संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक चिन्तामणि बाँस्तोला, संगममार्ग टोल विकास संस्थाका अध्यक्ष ढाकाराम लामिछाने, पोखरा महानगर वाड नं. ९ का अध्यक्ष रामराज लामिछाने, सहकारीका व्यवस्थापक सुरेन्द्र थापा, रेडियो सराङ्गकोटका व्यवस्थापक योगेन्द्र श्रेष्ठ, रेडियोका कार्यक्रम सञ्चालक यूवराज भण्डारी लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । वि.संं २०६३ मा स्थापित सहकारीले रेडियो सराङ्गकोटको सञ्चालन, बचत तथा ऋण मार्फत ४४ करोड लगानी, ५२ करोड बचत, संकलनसँगै न्यूरोडबाट आफ्नै सुविधा सम्पन्न भवनबाट कार्य सञ्चालन गर्दै आएको छ ।

भारतमा कोरोना सङ्क्रमतिको सङ्ख्या तीन करोड
मंसिर १६, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार
मंसिर १५, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
अठार वर्ष उमेरमाथिकालाई कोरोनाविरुद्धको खोप लगाइने
मंसिर ६, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
मंसिर ६, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.