सुजना बिकास केन्द्रद्धारा सामाजिक एंव पत्रकारिता सम्मान
राष्ट्रिय
आश्वीन २५, २०७८ | रेडियो सराङ्गकोट रिपोटर

सृजना बिकास केन्द्र को ४४ औ वार्षिक साधारण सभाको अवसरमा पोखरा का  २ जना अग्रजलाई समाजिक सम्मान  गरिएको छ ।

केन्द्रले स्थापना गरेको सामाजिक सम्मान भाष्कर समाजसेवी , अभियान्ता कमल नयन गौतमलाई , समाजको सम्रग विकास , शिक्षा स्वास्थय कार्यमा योगदान स्वरुप र पत्रकारीताको मार्फत २ दशक सामाजिक विकासमा योगदान स्वरुप पत्रकार श्याम कुवर लाई समाजिक पत्रकारिता सम्मान गरिएको छ । 

 सम्मान गर्दै भौतिकपूर्वाधर शहरी , यातायत विकास मन्त्री कुमार खड्काले समाजिक कार्यमा केन्दको भुमिका सम्मानयोग्य रहेको र प्रदेश सरकार को समन्वयमा रचात्मक कार्य गरिने बताए । कार्यक्रममा सम्मानग्रहण गदै भाष्कर पंडित कमलनयन गौतमले सम्मानले थप जिम्मेवारी  सहित सतकार्यमा लाग्न पेरणा प्रदान गरेको बताए । 
सम्मानित ब्यक्ति पत्रकार श्याम कुवरले नागरिकको आवजलाई ईमान्दारीता पूर्वक गराउन सम्मानले उर्जा दिएको बताए । 

केन्द्रका संस्थापक अध्यक्ष डम्वर बहादुर के.सी ले सृजनाको परिकल्पना उद्देश्य बमोजिम सम्मान कार्य भएकोमा धन्यवाद प्रकट गरेका थिए । 

संस्था का अध्यक्ष ईन्द्र पौडेल को सभापतित्वमा भएको कार्यक्रमा पोखरा ८ का वार्ड अध्यक्ष एवं केन्द्रका पूर्व अध्यक्ष रुपनाथ बराल , सल्लाहकार सभापति सोमनाथ वराल , नागरीक समाज कास्कीका संयोजक इन्द्र कमल मानन्धर , पत्रकार महासंघ कास्की का अध्यक्ष बिमला भण्डारी केन्द्रका प्रथम उपाध्यक्ष सम्मानित ब्यत्तित्व छनोट समिति संयोजक कृष्ण बहादुर थापा , महासचिव चन्द्र गिरी , उपाध्यक्ष कमला गिरी , कोषाध्यक्ष कृष्ण मान.ढुसाजु.लगायतले आ आफ्नो धाराणा राखेका थिए । २०३४ मा स्थापित संस्थाले शैक्षिक , सामाजिक र आर्थिक गतिबिधि हरु गर्दै आएको छ ।

भारतमा कोरोना सङ्क्रमतिको सङ्ख्या तीन करोड
मंसिर १६, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार
मंसिर १५, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
अठार वर्ष उमेरमाथिकालाई कोरोनाविरुद्धको खोप लगाइने
मंसिर ६, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
मंसिर ६, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.