बागलुङमा खोलामा बालक बेपत्ता, एक पुरुष मृतावस्थामा भेटिए
स्थानिय समाचार
कार्तिक ७, २०७८ | रेडियो सराङ्गकोट रिपोटर

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका– ७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । शनिबार साँझ भुजीखोलामा साथीसँग खेल्न भनी गएका ढोरपाटन –७ धाराबोटका दिलबहादुर विकका पाँच वर्षीय छोरा जीवन बेपत्ता भएका हुन् ।

उनी साथीसँग खेल्ने क्रममा भुजीखोलामा रहेको साघुँबाट खसेका स्थानीयवासीले बताएका छन् । नमूना बाल विकास धारकोटमा अध्यननरत विक दिउँसो खेल्दाखेल्दै खोलामा पुगेका थिए । बेपत्ता विकको खोजीका लागि प्रहरी चौकी बुर्तिबाङ बागलुङबाट पाँच जनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । नजिकै रहेको पुलको विकल्पमा अस्थायीरूपमा बनाइएको साँघुमा उनीहरु पुगेको प्रहरी चौकी ढोरपाटनले जनाएको छ ।

यस्तै जैमिनी नगरपालिकामा एक जना मृत फेला परेका छन् । जैमिनी –२  ठेउलेखोलाका किनारमा सिस्नेरका ४५ वर्षीय दलवीर सार्की मृतावस्थामा फेला हुन् । 

भारतमा कोरोना सङ्क्रमतिको सङ्ख्या तीन करोड
मंसिर १६, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार
मंसिर १५, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
अठार वर्ष उमेरमाथिकालाई कोरोनाविरुद्धको खोप लगाइने
मंसिर ६, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
मंसिर ६, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.