पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव,हल्कादेखि मध्यम वर्षाको सम्भावना
आजको विशेस
कार्तिक ९, २०७८ | रेडियो सराङ्गकोट रिपोटर

 पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

उक्त प्रणालीको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । “उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।” उहाँले भन्नुभयो । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदैँ देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भामवना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक  सावधानी अपनाउन सबैमा अनुरोध गरिएको छ । 

राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको थोरै स्थानमा हल्का वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । 

भारतमा कोरोना सङ्क्रमतिको सङ्ख्या तीन करोड
मंसिर १६, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार
मंसिर १५, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
अठार वर्ष उमेरमाथिकालाई कोरोनाविरुद्धको खोप लगाइने
मंसिर ६, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
मंसिर ६, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.