पोखरामा सामसुङको नयाँ सर्भिस सेन्टर
विज्ञान र प्रविधि
फाल्गुन २५, २०७३ |

फागुन २५, पोखरा ।सामसुङ मोबाइलको गण्डकी र धौलागिरीका लागि आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आएको छ । बिगतमा महेन्द्रपुलमा सञ्चालित सर्भिस सेन्टरलाई थप सुविधा सहित बृहत आकारमा चिप्लेढुंगा ओपनहाउस कम्प्लेक्समा नयाँ सर्भिस सेन्टर स्थापना गरिएको छ ।  
सामसुङको लागि नेपालको आधिकारिक बिक्रेता आइ.एम.एस.का डिकेश मल्होत्रा र गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता वल्ड वाइड कनेक्सनका प्रवन्ध निर्देशक सुशील कुमार गुरुङले संयुक्त रुपमा सर्भिस सेन्टरको शुभारम्भ गरेका हुन् । 
बिक्री पछिको सेवालाई थप प्रभावकारी र व्यवस्थित गर्न सर्भिस सेन्टर स्थापना गरिएको प्रवन्ध निर्देशक गुरुङले बताए । ‘बजारमा सामसुङ मोबाइलको बिक्री निकै राम्रो छ,’ उनले भने, ‘बिक्री अनुसार र ग्राहकको विश्वास अनुसार नै हामीले सर्भिसलाई पनि व्यवस्थित गरेका छौं ।’ 

 

कोभिड–१९ बाट हालसम्म स्याङ्जाका १२१ को
आश्वीन २, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल
आश्वीन १, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
बिरामीका आफन्तको आक्रमणबाट स्वास्थ्यकर्मी घाइते, आवश्यक
भाद्र ३१, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.