वैशाख २ मा कविता कन्सर्ट
साहित्य
चैत्र १८, २०७३ |


पोखरा, १८ चैत । पोखरामा दोस्रो कविता कन्सर्ट हुने भएको छ । नेपालका ३ चर्चित कवि र ३ गायकगायिकालाई पब्लिक इभेन्टले वैशाख २ मा कविता कन्सर्टमा उभ्याउने भएको हो ।
कवि विप्लव ढकाल, उपेन्द्र सुब्बा र मोमिलाले दर्जन कविता वाचन गर्दैछन् भने गायक कर्ण दास, गायिका लोचन भट्टराई, इतु जोजिजुले ८ कविता गाउँदै छन् । ‘यो फरक स्वादको  कविता पस्कने एउटा विशेष मञ्च हो,’ कविता कन्सर्टका इभेन्ट म्यानेजर सञ्जय मल्लले भने, ‘पहिलो कविता कन्सर्टको अपार सफलतापछि दोस्रो कार्यक्रमको तयारी थालेका हौं ।’
नेपालकै चर्चित तीन कवि र तीन गायकगायिकाले पोखरेली कविता पारखीलाई विशेष स्वाद चखाउने कार्यक्रम संयोजक उपेन्द्र पौडेलले बताए । ‘साहित्यका अरु विधाभन्दा कविता पछाडि परेको हुँदा कविताको व्यावसायीकरण गर्न यो विशेष कार्यक्रम गर्न लागेका हौं,’ पौडेलले भने । 
बाजेको सेकुवाले शीर्ष प्रायोजन र लायन्स क्लब अफ टुरिजम सिटीको सहकार्यमा हुन लागेको यो कार्यक्रमले साहित्य कर्मका क्षेत्रमा विशेष अर्थपूर्ण रहने मिडिया संयोजक अमृत सुवेदीले बताए । बाजेको सेकुवाको हलमा हुने कार्यक्रममा कविता सुन्नका लागि ५ सय र १ हजारको टिकट काट्नुपर्ने आयोजक पब्लिक इभेन्टले जानकारी दिएको छ । साहित्यको यस्तो व्यावसायिक कार्यक्रमले कवि र कविता गायकको क्षेत्रमा लागेका व्यक्तिहरुलाई उत्साह थप्ने आयोजकको विश्वास छ । 

 

 

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.