पर्वतको जिल्ला प्रशासनमा मोबाइल एप्स् सुरु
विज्ञान र प्रविधि
चैत्र २८, २०७३ |

पोखरा, चैत्र २८ गते । दुरदराजका नागरिकसम्म सूचना र प्रविधिको पहुँच पुगेसँगै जिल्लास्थित सरकारी कार्यालय पनि प्रविधिमैत्री बन्दै गएका छन् । गाउँगाउँमा ईन्टरनेट सुविधा
पुगेसँगै जनताहरुकै सहजताको लागि सरकारी कार्यालयहरुले पनि प्रविधिमैत्री सेवाप्रवाह थालेका हुन् । जिल्लामा नै पहिलोपटक डिजिटल नागरिक बडापत्र सुचारु गरेको जिल्ला प्रशासन कार्यालयले मोबाईल एप्स पनि सार्वजनिक गरेको छ । नागरिकलाई कार्यालयले  प्रवाह गर्ने सेवा र लिने तरिका तथा लाग्ने प्रक्रियाको बारेमा एप्समा जानकारी समावेश गरिएको छ । कार्यालयले यसअघि सञ्चालनमा ल्याएको नागरिकमैत्री डिजिटलबडापत्र पनि यसमा राखिएको छ । त्यस्तै नागरिकता, राहदानी, जिल्लाको सुरक्षा व्यवस्थापन र सामाजिक गतिविधी,

स्थानीय प्रशासनले प्रदान गर्ने सेवा र कार्य, जिल्लाको विकास गतिविधी, धार्मिक तथा पर्यटकीय स्थलको बारेमा जानकारी, महत्वपूर्ण सम्पर्कहरु, सूचना तथा समाचार पनि उक्त एप्समा उल्लेख गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए । एप्समा प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको  विवरण सहित नागरिकता सम्बन्धि संवैधानिक व्यवस्था, सिसिटिभी क्यामेरा जडान प्रक्रिया, राहदानी, पेन्सन, पत्रपत्रिका दर्ता लगायतका सेवासुविधा लिने प्रक्रिया समेत उल्लेख गरिएको छ । त्यस्तै जिल्लामा कार्यरत वडा सचिवको जानकारी पनि राखिएको छ । यसले जनतालाई सेवा सुविधा लिन तथा सुशासन कायममा भूमिका खेल्ने प्रजिअ मरासिनीले बताए । नागरिकलाई दु्रत सेवा दिन पनि यसले सहयोग गर्ने उनको भनाई छ । साथै उनले यस एप्समार्फत सरकारी सेवा लिनको लागि आवश्यक पर्ने कागजात र प्रक्रिया उल्लेख गरिएको हुँदा ग्रामीण क्षेत्रका बासिन्दाले एकैदिनमा सेवा लिन सक्ने जनाए । कार्यालयले यो एप्सलाई डाउनलोड गरि आवश्यक जानकारी लिन सक्ने जनाएको छ । यो एप्स एन्ड्रोईड मोबाइलमा मात्र डाउनलोड हुनेछ ।

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.