पिसजोनमा कविता वाचन प्रतियोगिता
शिक्षा
मंसिर १६, २०७४ |

पोखरा, १६ मंसीर । पोखरा लेखनाथ ८, सिमलचौर स्थित पिसजोन एकेडेमीले कविता प्रतियोगिताको आयोजना गरेको छ । प्रा. वि तथा नि.मा.वि.र मा.वि गरि दुई तहमा विभाजित उक्त प्रतियोगितामा प्रतियोगिहरुले अङ्ग्रेजी र नेपाली दुवै विधामा कविता वाचन गरेका थिए ।  विद्यालयमा कक्षा १ बाट कक्षा १० सम्मका ९६ जना प्रतियोगीहरुले भाग लिएको उक्त प्रतियोगितामा प्रा. वि. तर्फ अंग्रेजीमा ग्रेसिका सिवाकोटि (कक्षा ४) प्रथम, नितिक गुरुङ (कक्षा ५) द्वितीत, निशा क्षेत्री (कक्षा २) तृतीय तथा अमृत सुवेदी (कक्षा ४) ले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए । यसैगरी नेपाली कवितामा दीपा बिजुक्छे (कक्षा ५), दीपिका गिरी (कक्षा २), रिशिका मल्ल (कक्षा ४) तथा सत्यम गुरुङ (कक्षा ५) क्रमशः प्रथम, दोस्रो ,तृतिय तथा सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।

       नि,मा.वि. र मा.वि. तर्फ अंग्रेजी मा सिवाङ्गी शेरचन (कक्षा १०) प्रथम, सम्राज्ञी रन्जित (कक्षा १०) दोस्रो, अनिश अधिकारी (कक्षा ७) तृतिय तथा स्वेता मल्ल (कक्षा ८) र पूजा पौडेल (कक्षा ९) सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए । नेपाली तर्फ  सृष्टि घिमिरे (कक्षा १०) , निमेष रेग्मी (कक्षा ७), प्रदिन पौडेल (कक्षा १०), तथा सजनी शर्मा (कक्षा ८) क्रमशः प्रथम, दोस्रो, तृतिय तथा सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । कार्यक्रममा प्राचार्य सुरेन्द्र शर्मा दाहाल तथा सिक्षिका अश्मी शर्माले पनि आफ्ना कविताहरु प्रस्तुत गरेका   थिए ।

       विद्यालयका संस्थापक तथा प्रमुख ब्यवस्थापक योगेन्द्र शर्मा दाहालले आफ्नो मन्तब्यमा पुरस्कृत विद्यार्थीहरुलाई बधाइ व्यक्त गर्दै आउँदो महिनाबाट हरेक कक्षामा सर्बोत्कृष्ट हुने  बिद्यार्थीहरुलाई स्टुडेन्ट अफ द मन्थ घोषणा गरि पुरस्कृत गरिने बताउनु भयो ।

       विद्यालयका प्रशासक बाबुराम भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सह–प्राचार्य मोतिलाल लामिछने, उप–प्रशासक राजु भण्डारी, सह–प्रशाशक अभिषेक शर्मा, शिक्षक द्वय चन्द्र हल्दार र जीवन थापा तथा शिक्षिका इन्दु गुरुङले निर्णायकको भुमिका निर्वाह गरेका थिए भने कार्यक्रमको संचालन प्राचार्य सुरेन्द्र शर्मा दाहालले गरेका थिए ।

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.